सर्वकालीन ब्लकबस्टर फिल्म पूर्ण बहादुरको सारंगीका निर्देशक सरोज पौडेलद्वारा निर्देशित फिल्म कोशेढुंगाको छायांकन ५१ दिनमा सकिएको छ।
मकवानपुरको चितलाङ, मार्खुलगायत क्षेत्रमा गीतको छायांकन गर्दै फिल्मको छायांकन पूरा गरिएको हो। ललितपुरको च्यासलस्थित सेट लगाएर छायांकन शुरू गरिएको फिल्म गण्डकी प्रदेशको स्याङ्जाको आँधिखोला, त्रिवेणी र सिरुवारी क्षेत्रमा छायांकन गरिएको थियो। ‘हामीले अपेक्षा गरेअनुसार नै छायांकन भएको छ।
अहिलेसम्मको काम हेर्दा आउटपुट पनि राम्रो आउनेमा हामी ढुक्क छौँ,’ फिल्मका कार्यकारी निर्माता दिनेश खड्काले भने, ‘फिल्मको अनलाइन सम्पादनको काम सेटमै भएको छ। जसमा सबै कलाकार र प्राविधिकको मिहिनेत देख्दा दर्शकलाई केही खास हुनेछ भन्न सक्छौँ ।’
आगामी भदौ १२ गते नेपालसहित ४० भन्दा धेरै देशमा एकसाथ रिलिज हुने फिल्ममा सुरक्षा पन्त, आर्यन सिग्देल, ऋचा शर्मा, मन्जिल कुमार, नीति शाह, प्रवीण खतिवडा, हिउँवाला गौतम, सरोज खनाल, विशाल पहाडी, दिनेश काप्mले, लोकमणि सापकोटालगायतका कलाकारले अभिनय गरेका छन्। नरदेवी फिल्म्स्को ब्यानरमा प्रेविल कँडेल र किशोर अनुरागद्वारा निर्मित फिल्ममा आशिष अविरल र रिदम कँडेलको संगीत, बाबु श्रेष्ठको छायांकन र नहकुल खड्काको सम्पादन रहेको छ। दिनेश खड्का कार्यकारी निर्माता रहेको फिल्ममा कास्टिङ डारेक्टर सुवलमणि सापकोटा रहेका छन्।











प्रतिक्रिया