अभिनेत्री तथा निर्मात्री नीता ढुंगानाको निर्देशनमा सुख दुःख नामक फिल्म निर्माण हुने भएको छ।
फिल्मको छायांकन भारतीय छायाँकार कबीर लाल र शाहिद लालले गर्ने भएका छन्। कबीर लालले तेलुगु, तमिल, कन्नड र हिन्दी भाषाका ८० भन्दा बढी फिल्ममा छायाँकारका रूपमा काम गरेका छन्। त्यसै गरी शाहिद लालले मुख्यतः कन्नड र तेलुगु फिल्ममा छायांकन गरेका छन्। बलिउड र दक्षिण भारतीय फिल्म क्षेत्रमा लामो अनुभव भएका उनीहरूलाई ढुंगानाको दोस्रो फिल्ममा अनुबन्ध गरिएको हो। नीताले पहिलोपटक ह्रस्वदीर्घ नामक फिल्म निर्माण गरेकी थिइन्।
फिल्मको वितरण अधिकार उपत्यकाबाहिर एफडी कम्पनीले लिएको छ भने उपत्यकाभित्र रिच इन्टरटेनमेन्टले पाएको छ। ढुंगानाले उपत्यका बाहिरका लागि छविराज ओझा र उपत्यकाभित्रका लागि करण श्रेष्ठलाई वितरणको जिम्मा दिएको जानकारी गराएकी छन्। ‘सुख–दुःख हाम्रो सांस्कृतिक भावना र कथामा नयाँ आयाम थप्नेछ’ निर्मात्री, अभिनेत्री तथा निर्देशक ढुंगानाको भनाइ छ। उनको होम प्रडक्सन नीता फिल्म्स्को ब्यानरमा बन्ने फिल्म आगामी वर्ष दशैँको फूलपातीका अवसरमा प्रदर्शनमा ल्याइने तयारी छ।











प्रतिक्रिया