बलिउड अभिनेत्री दीपिका पादुकोणले अन्तर्राष्ट्रिय स्तरमा ऐतिहासिक सफलता हात पारेकी छिन्।उनी हलिउडको प्रतिष्ठित वाक अफ फेममा समावेश हुने पहिलो भारतीय अभिनेत्री बन्ने भएकी छिन्। जुन खवर हलिउड चेम्बर अफ कमर्सले हालै आफ्नो आधिकारिक इन्स्टाग्राममार्फत सार्वजनिक गरेको छ। दीपिकाले यो सम्मान पाउन लागेको सार्वजनिक भएपछि बलिउड नरगरीमा एक खालको अफवाह फैलिएको छ। जस अनुसार उनले यो सम्मान किनेकी हुन् भन्ने हल्ला चलिरहेको भारतीय सञ्चार माध्यम नवभारत टाइम्सले आफ्नो अनलाइन पोर्टलमा उल्लेख गरेको छ। बलिउडमा दीपिकाभन्दा डिर्जभिङ र अग्रज अन्य हस्ती हुँदाहुँदै दीपिकालाई नै कसरी सो सम्मान दिन लागियो भनेर प्रश्न उठाइएको छ। भेराइटी म्योगेजिनले तयार पारेको एक रिपोर्टअनुसार यस्तो आरोप हरेक वर्ष आउने गरेको छ।
आयोजकहरूको भनाइमा वाक अफ फेम दिन लागिएका व्यक्तिको बारेमा प्रश्न उठाउँदै प्रत्येक वर्ष सयौँ इमेल प्राप्त हुन्छन्। जसमा सम्मान प्राप्त गर्ने व्यक्तिको बारेमा निराधार आरोप र प्रश्न समावेश गरिएको हुन्छ। यसअघि केही भारतीय मूलका व्यक्तिले यो सम्मान पाए पनि दीपिका पहिलो बलिउड अभिनेत्री हुन्, जसले यो सम्मान पाउँदैछिन्। उनले आफ्नो सामाजिक सञ्जालमा पनि सो सम्मानप्रति आभार व्यक्त गरेकी छन्। यससँगै सो सम्मानका लागि उनले कयौँ डलर खर्च गरेको अफवाह फैलिएको हो।
हलिउड वाक अफ फेमका लागि व्यक्तिको योगदान, प्रतिष्ठा, लोकप्रियता र सामाजिक प्रभावलाई आधार मानिन्छ। हलिउड वाक अफ फेम एक यस्तो स्थान हो, जहाँ फिल्म, टेलिभिजन, रेडियो, रेकर्डिङ, खेलकुद मनोरञ्जन क्षेत्रका विशिष्ट व्यक्तित्वलाई सम्मानस्वरूप स्टार दिइन्छ। जसलाई हलिउडको एक सडकमा राखिन्छ। जुन बुलेवार्ड र भाइन स्ट्रीटमा फैलिएको छ। जहाँ सन् १९६० देखि हालसम्म २ हजार ८ सय भन्दा बढी स्टार स्थायी रूपमा राखिएका छन्।
हलिउड वाक अफ फेममा सहभागी हुनका लागि कुनै पनि व्यक्ति, संस्था वा फ्यान क्लबले कलाकारको लिखित स्वीकृति लिएर नामांकन गर्न सक्छ। जसका लागि ७५ हजार डलर शुल्क लाग्छ। जसका लागि प्रत्येक वर्ष करिब २÷३ सय नामांकन प्राप्त हुने भए पनि २० देखि ३० जनालाई सो सम्मानका लागि चयन गरिन्छ। एकपटक सम्मानित व्यक्ति चयन भएपछि, स्टार निर्माण, समारोह आयोजना, सुरक्षालगायत व्यवस्थापनका लागि ४ लाख ७५ हजारदेखि ४ लाख ८५ हजार डलरसम्म खर्च लाग्छ। जुन सामान्यतया स्टुडियो वा प्रायोजकले बेहोर्ने गर्छन्। आयोजकले सो शुल्क स्टार स्थापना र व्यवस्थापनको लागि भएको र सम्मान किन्न असम्भव रहेको दाबी गर्दै आएको छ।











प्रतिक्रिया