दाउन्नेमा भासिएको सडक एकतर्फी सञ्चालनमा


काठमाडौं ।

नवलपरासीको दाउन्ने क्षेत्रमा महेन्द्रराजमार्ग भासिएपछि अवरुद्ध भएको सडक एकतर्फी रूपमा सञ्चालनमा ल्याइएको छ। बर्दघाटबाट पूर्व खुर्सानी खोला नजिक बुधबार बिहान साढे ५ बजे सडक भासिएको थियो।

जिल्ला प्रहरी कार्यालय परासीका डीएसपी वीरदत्त पन्तका अनुसार भासिएको ठाउँ पुरेर पालैपालो सवारी सञ्चालन गरिएको हो। उनले सुरक्षाकर्मीको व्यवस्थापनसहित यात्रुबाहक गाडीलाई प्राथमिकतामा आवतजावत गराइएको बताए।

सडक अवरुद्ध हुँदा रोकिएका सैयौँ सवारी दिउँसो १२ बजेदेखि गन्तव्यतर्फ गएका छन्।