सुनचाँदी व्यवसायीको करविरुद्ध र्‍याली र कोणसभा


काठमाडौं ।

नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ र नेपाल सुनचाँदी व्यवसायी महासङ्घले बुधबार करविरुद्ध र्‍यालीसहित कोणसभा गरेका छन्।

न्युरोडको जुद्धशालिकबाट सुरु भएको र्‍याली इन्द्रचोक, जनबहाल, असन, कमलाछी, जमल, घण्टाघर हुँदै पुरानो नगरपालिकामा कोणसभामा परिणत भएको थियो।

व्यवसायीहरू आगामी आर्थिक वर्ष २०८२\८३ को आर्थिक विधेयकअन्तर्गत सुनमा लगाइएको २ प्रतिशत विलासिता कर र हिरामा लगाइएको १३ प्रतिशत मूल्य अभिवृद्धि करको विरोधमा आन्दोलनमा उत्रिएका हुन्।