काठमाडौं ।
जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिनमा देशका अधिकांश प्रमुख नदीहरूमा जलसतह उल्लेख्य रूपमा बढ्ने चेतावनी जारी गरेको छ। कोशी, नारायणी, कर्णाली, महाकाली लगायतका नदी प्रणालीहरूमा पानीको बहाव निरन्तर बढ्ने अनुमान छ।
विशेष गरी सप्तकोशी, तमोर, अरुण, दूधकोशी, तामाकोशी र सुनकोशी नदीहरूमा ठूलो मात्रामा पानीको बहाव हुने बताइएको छ। नारायणी बेसिनका त्रिशूली, बुढीगण्डकी, मर्स्याङ्दी, सेती र कालीगण्डकी नदीहरूमा पनि जलसतह बढ्ने विभागले जनाएको छ।
साना नदी तथा खोलाहरूमा आकस्मिक बाढीको उच्च जोखिम रहेको र सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, मकवानपुर, रौतहट, बारा, पर्सा, काठमाडौँ, ललितपुर, भक्तपुर लगायतका जिल्लामा सतर्क रहन सुझाइएको छ।
बाढीबाट बच्न नदी तटीय क्षेत्र, खोला किनार र पहिरोको जोखिम भएका स्थानमा बसोबास गर्नेहरूलाई सुरक्षित स्थानमा सर्ने, सतर्क रहन र आवश्यक पूर्वतयारी गर्न आग्रह गरिएको छ।
यात्रा गर्दा सडकको अवस्था जानकारी गरी मात्र अगाडि बढ्न पनि विभागले अनुरोध गरेको छ।












प्रतिक्रिया