काठमाडौं ।
काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–९ पिनथलीस्थित खहरे खोलामा बुधबार बिहान गेग्रानसहितको बाढी आएपछि बिपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। लेदो र भेलसहितको बाढीका कारण काभ्रे जाने सबै सवारी साधन होल्डमा राखिएको सिन्धुली प्रहरीले जनाएको छ।
अहिले सडक सञ्चालन प्रयास जारी छ। गत असोज १०–१३ गतेको बाढीले पनि उक्त राजमार्गको १३ किलोमिटर भाग कटान गरेको थियो, जसलाई हाल अस्थायी रूपमा सञ्चालन गरिँदै आएको छ। भेलबाढी आउँदा गाडीको आवतजावत नियमित रूपमा रोकिँदै आएको छ।











प्रतिक्रिया