काठमाडौं ।
पश्चिम नवलपरासीको दाउन्नेस्थित खुर्सानी खोलामा सडक भासिएपछि पूर्वपश्चिम राजमार्गको बर्दघाट–दुम्किबास खण्डमा यातायात पूर्णरूपमा अवरुद्ध भएको छ। भासिएको स्थानमा ट्रक फसेपछि रातिदेखि सवारी आवागमन ठप्प भएको हो।
जिल्ला प्रहरी कार्यालयका डीएसपी वीरदत्त पन्तका अनुसार पूर्वतर्फ जाने सवारी साधनहरू बर्दघाटको टिसिएनचोकमा र पश्चिमतर्फ जानेहरू दुम्किबासमा रोकिएका छन्।
वर्षा र अधुरो सडक विस्तारका कारण समस्या समाधानमा ढिलाइ भएको बताइएको छ। दाउन्ने खण्डमा पटक–पटक सडक भासिने समस्या आइरहेको छ।












प्रतिक्रिया