मुस्ताङ ।
उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–४ स्थित चुम्जुङ खोलामा मङ्गलबार साँझ आएको लेदोसहितको भीषण बाढीले ६ वटा पुलमा क्षति पुर्याएको छ। जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार, बाढीले दुईवटा पक्की मोटरेबल पुल, एक फलामे पुल र तीन काठे पुल बगाएको छ।
बाढीको जोखिममा परेका न्याम्डो गाउँका दुई घर र खोलाबीचको एक होटलका बासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ। मानवीय र पशुचौपायामा भने क्षति नभएको जनाइएको छ। सुरक्षा सावधानीस्वरूप प्रहरी र सशस्त्रको टोली घटनास्थलमा खटिएको छ। यद्यपि बाढीको बहाव घट्दै गएको भए पनि जोखिम टरेको छैन, स्थानीयलाई सतर्क रहन अनुरोध गरिएको छ।











प्रतिक्रिया