रसुवा बाढीमा बेपत्ता असई श्रेष्ठको शव त्रिशूली नदीमा भेटियो


काठमाडौँ।

रसुवाको बाढीमा बेपत्ता भएका एक प्रहरीको शव चितवनको १५ किलोस्थित त्रिशूली नदीमा भेटिएको छ ।
बाढीमा बेपत्ता तीन प्रहरीमध्ये असई लालबहादुर श्रेष्ठको शव मंगलबार साँझ त्रिशूली नदीमा तैरिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।