माइतीघरको अस्ट्रेलिया राइट्स बिक्री


मिलन तामाङको निर्देशन र रोहित अधिकारीको निर्माणमा निर्माणाधीन फिल्म माइतीघरको अस्ट्रेलिया राइट्स बिक्री भएको छ।
आगामी दशैंको फूलपातिबाट विश्वभर एकसाथ प्रदर्शनमा आउने फिल्म महँगो मूल्यमा अस्ट्रेलियाका लागि बिक्री भएको निर्माण समूहले जनाएको छ। फिल्मको अस्ट्रेलिया रिलिज अधिकार हिमारो इन्टरटेन्मेन्टका लागि प्रमेज धामि र प्रकाश गैरेले खरिद गरेका हुन्।

रोहित अधिकारी, रविन शेरचन र धीरज तामाङको लगानीमा ईश्वर श्रेष्ठ र निरज कटुवाल कार्यकारी निर्माता रहेको फिल्ममा केदार घिमिरे, धिरज मगर, प्रकाश सपुत, उपासना सिंह ठकुरी, श्यामश्री शेर्पा, युवराज लामा, वुद्दि तामाङ, शिशिर वाङ्देललगायतका कलाकारले अभिनय गरेका छन्।