आगामी फागुन १ गते रिलिजमा आउने फिल्म कल्लीलाई नेपाली र हिन्दी भाषामा रिलिज हुने भएको छ।
फिल्मका निर्माता किरण नेपालीका अनुसार फिल्म नेपाल, भारत र पाकिस्तानमा एकसाथ रिलिज हुनेछ। नेपालमा नेपाली भाषामा रिलिज हुने फिल्म भारत र पाकिस्तानमा हिन्दी भाषामा रिलिज गरिने उनले जानकारी गराए। फिल्म भारतमा एमके फिल्म डिस्ट्रिब्युटर र पाकिस्तानमा हिप्पो फिल्म्स्ले वितरण गर्नेछन्। नेपालमा भने काफिया र कुबेर फिल्म्स्ले वितरण गर्नेछ।
लक्ष्मण सुनारको लेखन र निर्देशनमा निर्माणाधीन फिल्मको हाल पोस्ट प्रोडक्सनको काम भइरहेको छ। लेकाली इन्टरटेन्मेन्ट प्रालि र कस्तुरी प्रोडक्सनको ब्यानरमा निर्माणाधीन फिल्ममा सौगात मल्ल, उत्तम प्रधान, बेनिशा हमाल, नाजिर हुसेन, अर्पण थापा, वर्षा राउत, सुलक्षण भारतीलगायतका कलाकारले अभिनय गरेका छन्। लोभ पलाएपछि मानिसको जिन्दगी कहा“बाट कहा“ पुग्छ भन्ने कथा बुनिएको फिल्ममा महेश दवाडीको लेखन तथा आशिष अविरल, सरिता राई र केतन क्षेत्रीको संगीत रहेको छ।











प्रतिक्रिया