आगामी २७ गते रिलिजमा आउने फिल्म यो मन त मेरो नेपाली होको ट्रेलर हालै राजधानीमा आयोजित एक समारोहका बीच सार्वजनिक गरिएको छ।
ट्रेलरमा नेपाली भाषा, साहित्य, कला, यसको इतिहास र महत्व दर्शाइएको छ। फिल्मका निर्देशक मित्र प्रधानले नया“ पुस्तालाई नेपाली भाषा, संस्कार र संस्कृतिबारे ज्ञान दिने र यसको संरक्षणको लागि गर्ने संघर्षको कथावस्तुमा फिल्म निर्माण गरेको बताए। निर्माता तथा कलाकार रोशन श्रेष्ठले फिल्म हरेक नेपालीले हेर्नुपर्ने बनेको बताए। अभिनेता विजय बरालले फरक फिल्म भएको र यसले नेपाली भाषा, साहित्य र कलालाई जोड्ने काम गरेको चर्चा गरे। अर्का अभिनेता विल्सन विक्रम राईले फिल्मको कथामा मिल्ने गीत समेत लेखेको र यो कथा नजिकबाट देखेकोले फिल्म उत्कृष्ट बनेको बताए। नायिका आयुषा समालले विदेशमा बसेर पनि नेपाली भाषा सिक्न र जोगाउन लागेको दाबी गरिन्।
रोशन श्रेष्ठ, विजय बराल, विल्सन विक्रम राई, बुद्धि तामाङ, आयुषा समाल, नारायण खाती, भुपेन्द्र लिङ्देन ‘मन्त्री’, सुवास भण्डारी, विजय सुब्बा, बिजिता परियार, देवराज राजवंशी, भानुभक्त सिटौलालगायतका कलाकारले अभिनय गरेको फिल्म साहित्यकार मित्र प्रधान (नर) ले निर्देशन गरेका छन्। पद्यमा ईश्वर इन्टरटेन्मेन्ट प्रालिको ब्यानरमा मित्र प्रधानद्वारा प्रस्तुत तथा ज्ञानबहादुर प्रधान (रोशन) द्वारा निर्मित फिल्ममा शिवम् अधिकारीको लेखन, दीपक शर्मा, विल्सन विक्रम राई, शंकर अधिकारी घायलको शब्द रचना, दीपक शर्मा, विकास चौधरी र थोरम्पो ह्यङ राईको संगीत, अनिश अधिकारीको शब्द संकलन, कविराज गहतराज र प्रमोद भण्डारीको कोरियोग्राफी, देव महर्जनको द्वन्द्व, सौरभ लामाको छायांकन, समीर मियाको भिएफएक्स तथा बनिश शाह र सिजिआई सत्यम् रानाको सम्पादन रहेको छ।











प्रतिक्रिया