अप्सरा आमाका रूपमा लोकप्रिय लक्ष्मीको निधन



लोकप्रिय हास्य टेलिश्रृंखला मेरी बास्सैमा अप्सरा आमाको भूमिकामा अभिनय गरेर लोकप्रियता कमाएकी कलाकार लक्ष्मी श्रेष्ठको गत शुक्रबार राति निधन भएको छ।

लामो समयदेखि स्तन क्यान्सरबाट पीडित उनी केही महिनायता घरमै थलिएकी थिइन्। स्वास्थ्य समस्याले गाजेपछि उनी झोल पदार्थको भरमा रहदै आएकी थिइन्।

उनी मेरी बास्सैमा खड्काजी बनेका सीताराम कट्टेलको श्रीमती अप्सरा आमाको भूमिकामा अभिनय गरेर लोकप्रिय भएकी थिइन्। उनले जिरे खुर्सानी, कान्छी, उल्टो सुल्टोलगायतका टेलिफिल्म, वेब सिरिज, म्युजिक भिडियो र लक्का जवान नामक फिल्ममा अभिनय गरेकी थिइन्। उनको पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ।