काठमाडौँ
ग्राहकलाई अझ राम्रो सेवा दिन र आफ्टर सेल्स सर्भिसलाई अझ सशक्त बनाउने उद्देश्यले एमएडब्लू वृद्धिले बालकुमारी र बसुन्धरामा दुईवटा अत्याधुनिक, विद्युतीय सवारी साधन (इभी)मा केन्द्रित सर्भिस सेन्टर सञ्चालन गर्न लागेको छ । रणनीतिक रूपमा शहरका प्रमुख स्थानहरूमा स्थापना हुने यी सर्भिस सेन्टरहरूले एमएडब्लूका ग्राहकलाई अझै सहज, छिटो र विशेषज्ञस्तरको सेवाप्रदान गर्ने लक्ष्य राखेको छ ।
यी फ्यासिलिटीहरू डीपल, डोंगफेंग र सेरेस ब्रान्डका विद्युतीय सवारी साधनका लागि मात्र समर्पित हुनेछन् । सर्भिस सेन्टरमा२५ वटा विशेष सर्भिस बेहरू रहनेछन । जसले धेरै संख्याका गाडीहरूलाई एकै पटक सजिलो, सूक्ष्म र दक्ष रूपमा मर्मतगर्न सक्ने क्षमता राख्नेछन् । एक्स्पर्ट केयरका लागि यी नयाँ केन्द्रहरू एमएडब्लूका दोस्रो र तेस्रो ईभी डेडीकेटेड सर्भिस वर्कशप हुनेछन् ।यस विस्तारसँगै एमएडब्लू वृद्धिको ईभी सर्भिस सेन्टरको संख्या तीन पुग्ने छ ।
आफ्टर सेल्स सर्भिस र ग्राहकको विश्वासमा निरन्तर ध्यान दिँदै आएको एमएडब्लू वृद्धिले यसका माध्यमबाट ग्राहक सन्तुष्टि र दीर्घकालीन सेवा सम्बन्धि प्रतिबद्धतालाई अझ मजबुत बनाउने प्रयास गरिरहेको छ । यी नयाँ सर्भिस सेन्टरहरू आगामी ३ देखि ५ महिना भित्र पूर्ण रूपमा सञ्चालनमा आउने अपेक्षा गरिएको छ जसले नेपालको ईभी सेवा क्षेत्रमा नयाँ बेन्च मार्क स्थापित गर्नेछ ।
प्रतिक्रिया