धरानमा योजनाको भुक्तानी प्रकरण : मेयर र प्रमुख प्रशासकीय अधिकृतबीच विवाद


काठमाडौं ।

धरान उपमहानगरपालिकामा करिब दुई महिना अघि सम्पन्न एउटा योजनाको भुक्तानी रोकिएको विषयमा मेयर हर्कराज राई (साम्पाङ) र प्रमुख प्रशासकीय अधिकृतबीच विवाद देखिएको छ।

मेयर साम्पाङले बहुभाषिक पाठशालालाई बाढीबाट जोगाउन जडान गरिएको तारजाली (मालमिटर) को भुक्तानीमा ढिलाइ भएको विषयमा लिखित स्पष्टीकरण मागेका छन्।

उनले भुक्तानी रोकिएर स्थानीय जनप्रतिनिधि र प्रशासनिक नेतृत्वबीच समन्वयको कमी देखिएको बताएका छन्। मेयरका अनुसार, सबै प्रक्रिया पूरा भइसकेको र सार्वजनिक परीक्षणसमेत सम्पन्न भइसकेको अवस्थामा भुक्तानी रोकिनु उचित नभएको उल्लेख गरेका छन् ।