काठमाडौँ ।
प्रधान सेनापति अशोक राज सिग्देलले उपरथी दर्जामा पदोन्नति भएका सहायक रथी रविन्द्र खत्रीलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् । यही आषाढ १३ गतेको मितिबाट उपरथी दर्जामा पदोन्नति भएका खत्रीलाई आज जंगी अड्डामा आयोजित विशेष समारोहका बीच दर्ज्यानी चिन्ह प्रदान गरिएको हो।
पदोन्नतिसँगै उपरथी खत्री उपत्यका पृतना हेडक्वार्टरको पृतनापतिमा नियुक्त भएका छन् ।

कार्यक्रममा बलाधिकृत, बलाध्यक्ष, रथीवृन्द, विभिन्न अधिकृतहरू तथा पदोन्नति भएका रथीवृन्दका परिवारजनको उपस्थिति रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।











प्रतिक्रिया