एसईई परीक्षाफल प्रकाशित भैसकेको छ। आफूलाई इच्छा लागेको विषय पढ्न र कलेज छनौट गर्न विद्यार्थी कलेजको दैलो पुगिसकेका छन् । कसैले अनलाईन, कसैले टेलिभिजन त कसैले पत्रिकामा विज्ञापन हेरेर विद्यालय पुगेका । सामाजिक सञ्जाल लगायत विभिन्न मिडियामा विज्ञापन प्रकाशन र प्रसारण हुन थालेका छन्।
कलेज सञ्चालक मा नँया विद्यार्थी भित्र्याउन ब्यस्त छन्। कोही विज्ञापन गरेर त कोहीले विद्यालय भ्रमण गराई काउन्सिलिङ गरी विद्यार्थी तान्न हानथाप बढेको छ। विद्यालयभित्र छिर्दा त्यही विद्यालयमा पढौपढौ लाग्नेगरी विद्यालय सिंगारेका छन्।
जिपिएको आधारमा भर्ना हुन विद्यार्थीहरु विद्यालय खोज्न भौतारिरहेका छन्। ठुला विद्यालयले शनिबारबाट प्रवेश परीक्षा गर्दैछन। कतिपय विद्यालयले छात्रवृति दिने लोभ देखाउदै विज्ञापन प्रकाशित गर्न थालेका छन्। राजधानीका दुई सथानीय तह काठमाडौं र ललितपुर महानगरपालिककाले छात्रवृतिको लागि अनलाईन फारम वितरण शरु गरका छन्। पहिलो चरणमा ६१ प्रतिशत विद्यार्थी भर्ना हुनेछन्। त्यसपछि ३९ प्रतिशत ।परीक्षा सकिए लगत्तै अधिकांंस विद्यार्थीले आफु पढ्ने कलेज छनौट गरिसकेका छन्। राजधानीका करिब दुई दर्जन ठुला कलेजले लगभग फारम वितरण पुरा गरिसकेका छन्।
साइन्स लिएर पढ्ने कि ? विषय पढ्ने कि म्यानेजमेन्ट। मानविकी पढ्ने कि कानुन ? कुन विषय मा भर्ना हुने ? यी र यस्ता विषयको बारेमा जानकारी दिन प्रवेश परीक्षा आवश्यक छ। केही विद्यार्थी कहा“ र कुन विषय लिएर पढ्ने भन्दै विद्यालय चाहार्दै हिडन थालेका छन्। ४ जिपिए माथि ल्याउने अधिकांस विद्यार्थीको चाहना साइन्स पढ्ने हुन्छ। बाकी केहीले व्यवस्थापन, मानविकी र कानुन पढ्ने गरेका छन्।
विद्यालय छनौटगर्दा त्यसको भौतिक अवस्था, विगतको परीक्षाफलको अवस्था अवस्था, उतिर्ण प्रतिशतका आधार हेरेर मात्र विद्यालय छनौट गर्नु वेस हुन्छ। विद्यार्थीले पनि भर्ना हुनुअघि कुन विषयमा कतिको स्कोप छ भन्ने विषयमा ज्ञान हुनुपर्छ। सबै विषयको उत्तिकै महत्व हुन्छ। यो वा त्यो विषय भन्ने हुदैन।
जिपिए अनुसार विषय छनौट गनुपर्छ। आफ्नो रुची अनुसारको विषय छनौट गर्दा वेस हुन्छ। त्यसको लागि विषयगत जानकारी हासिल गर्नु उत्तम हुन्छ। विषयको बारेमा इन्टरनेटबाट सर्च गरेर विदेश र स्वदेशमा त्यस विषयको स्कोपबारे जानकारी लिनुपर्छ। विद्यार्थीले प्रत्येक सङ्कायका उच्चतम सम्भावनाबारे जानकारी राख्ने, ती सम्भावनाबाट आफ्नो स्वभाव र सामथ्र्य मिल्ने एउटा लक्ष्य छनोट गर्ने,आफुले छनौट गरेको विषय पढ्दा भविश्यमा कस्तो अवसर पाइने सम्भावना छ। त्यसबारेमा जानकारी लिनुपर्छ।
त्यतिमात्रै होइन विषय छनौट गर्दा आफुभन्दा अग्रजसंग जानकारी लिनुपर्छ। साथीभाईको लहलहैमा विद्यालय र विषय छनौट गर्दा समस्या पर्न सक्छ। आफुले चाहना राखेका र भविश्यमा रोजगारी पाउने खालको विद्यालय छनौट गर्नुपर्छ। विद्यालयको नाम सुनेर भर्ना गर्नु हुदैन।
४ जिपिए ल्याएका उत्कृष्ठ विद्यार्थीलाई आफ्नो विद्यालयमा तान्न होडबाजी गरिरहेका छन। कतिपय कलेजले विद्यालयमै गएर अभिभावक र प्रअलाई सम्झाइ बुझाई गर्न थालेका छन्। पछिल्लो समय शहरी क्षेत्रमा राम्रा विद्यालय सञ्चालन भएका छन्। सबै जिल्लाका सदरमुकाममा चलेका विद्यालयलले राजधानीको विद्यालयलाई उछिनेका छन्। शहरमा विद्यालय भएपछि राजधानीमा किन आउने ? त्यसैले आफ्नै गाउ“ठाउको व्द्यिालयमा पढ्ने विद्यार्थीको संख्या बढ्न थालेको छ।
राजधानी बाहिर शहरीक्षेत्रमा राम्रा विद्यालय खुलेका कारण साजधानीका साना विद्यालय संकटमा पर्न थालेका छन्। कक्षा ११ मा अध्ययन गर्ने विद्यार्थीको संख्या घट्न थालेपछि ती विद्यालय बन्द गर्ने कि खोल्ने ? सञ्चालकलाई संकट पर्न थालेको छ।
किसानको यो समय मानो छरेर मुरी उब्जनी गर्ने भनेजस्तो ११ र १२ सञ्चालन गरेका विद्यालयले अहिले भर्ना लिएर कमाउने समय हो। निजी विद्यालय संचालकहरु काउन्सिलिङ गर्न थालेका छन्। केही विद्यालयका प्रिन्सिपल ठुला शहरमा विद्यार्थी तान्न हिडेका छन्। कोहीले शहरमा गएर परामर्श शुरु गरिरहेका छन्।
भर्खरै कक्षा १० उतिर्ण गरेका विद्यार्थीहरु विज्ञान, ब्यवस्थापन, मानविकी, शिक्षा लगायत कुन संकाय पढ्ने ? संकायभित्र पनि कुनकुन विषय पढ्ने र आफ्नो करियर बनाउने भन्ने टुंगो लगाउने भन्ने विषयमा सोचिरहेका छन्। कसैको लहलहैमा भन्दा पनि विद्यालय र शिक्षकको सल्लाहमा विद्यालय छनौट गर्न गर्नु अहिलेको आवश्यकता हो। ( ब्रेकर) कस्तो विद्यालय छनौट गर्ने विषय विद्यार्थीमा भर पर्ने भन्दापनि विद्यालयको विगतको अवस्थाको आधारमा भर्ना हुनुपर्छ।
ठुला भवन भन्दापनि गुणस्तरलाई ध्यानदिएर विद्यालय छनौट गर्दा विद्यार्थीको भविश्य उज्वल हुने अभिभावक महासंघका अध्यक्ष शुप्रभात भण्डारी बताउनुहन्छ।
ठुलो भवन, बढी शुल्क लिने विद्यालय छनौट गर्ने परम्परा भन्दा पनि विगत इतिहास हेरेर भर्ना हुनु उचित रहेको उहाको धारणा छ। कस्तो विषय लिदा भविष्यमा मा राम्रो अवसर पाउन सकिन्छ भन्ने चाहना बोकेका विद्यार्थीले विद्यालय छनौट गर्नुपर्ने उहाको धारणा छ।
उहा भन्नुहुन्छ–अभिभावकको सल्लाह लिनु, आफुले अध्ययन गरेका विद्यालयको शिक्षकसंग सल्लाह लिएर मात्रै विद्यालय छनौट गर्नु। सकभर विद्यालय छनौट गर्दा विद्यालयको विगतको अध्ययन गर्नु वर्तमानको अवस्थाबारे जानेर मात्रै भर्ना हुनु।
क्षणिक रुपमा त्यो ठिक भएपनि कालन्तरमा असर पर्ने भएकोले ठोस परामर्शको आधारमा भर्ना हुनु महत्वपुर्ण हुन्छ। स्नातक तहमा कुनै विषयमा विशिष्टिकरण (स्पेसिलाइजेसन) गर्नुपर्ने हुने भएकाले प्लसटुमा इच्छाधीन विषय छनोट गर्दा बुद्धि पु¥याउनु जरुरी छ। विद्यालयतहमा पहिलो वर्ष अर्थात् कक्षा ११ मा नेपाली र अंग्रेजी अनिवार्य बाहेक इच्छाधीनका रुपमा तीन वटा विषय छनोट गर्न पाइन्छ।
कक्षा ११ र १२ मात्र संचालन गर्दै आइरहेका विद्यालयहरुले कक्षा ९ देखि १२ सम्म संचलन गर्न पाउनुपर्ने माग गर्दै आइरहेका छन्। त्यसो भए कक्षा ८ सकेका विद्यार्थी ९ देखि १२ सम्म अध्यापन गराउने विद्यालयमा भर्ना हुने बाटो हुल्छ। नभए कक्षा १–१२ भएपछि अधिकांस विद्यार्थी एउटै विद्यालयमा पढ्न बाध्य हुनेछन।
विद्यालयमा फारम भरेपनि प्रवेश परीक्षा दिनपर्ने व्यवस्था विद्यालयले गर्ने गरेका छन्। प्रवेश परीक्षामा सहभागि हुदा एसइइ परीक्षामा पढेका विषयलाई ध्यान दिनुपर्छ। विद्यार्थीले प्राप्त गरेको जिपिएको आधारमा कलेजले विद्यार्थी छनौट गर्ने गरेका छन्। त्यसको अलावा प्रवेश परीक्षा दिदा विद्यार्थीले अनिवार्य विषय अध्ययन गर्नु आवश्यक हुन्छ।
एसइईपछिका दुईवर्ष अर्थात ११ र १२ कक्षाको पढाई विद्यार्थीका लागि धेरै महत्वपूर्ण तह र अवधि हो। यसले विद्यार्थीको भावी अध्ययनको मार्गदर्शन गर्दै उनीहरुको भावी पेशा, क्षेत्र र करियरको निक्र्योल पनि गर्छ। भविश्यसंग जोडिएको विषयलाई हचुवाको भरमा लिन नहुनेउहा“को धारणा छ। भन्नुहन्छ–भविष्लाई हेरेर विषय छनौट गर। कसैको हावादारी भनाईमा भर नपर।
विज्ञान, ब्यवस्थापन, मानविकी, शिक्षा लगायत कुन संकाय पढ्ने मात्र होइन संकाय भित्र पनि कुन कुन विषय पढ्ने र आफ्नो करियर बनाउने भन्ने टुंगो लगाउने तह हो उच्चमावि अर्थात प्लस टू तह।
कक्षा १२ सम्मको विद्यालय शिक्षाको पठनपाठन पूरा भएपछि स्नातकतहमा थुप्रै विषयहरु छनोट गर्न पाइन्छ। तर उच्च माध्यमिक तहमा मानविकी विषय लिएकोले स्नातक तहमा विज्ञान विषय लिन पाइ“दैन। त्यसैले स्नातक तहमा धेरै संकायले खासखास विषयको अध्ययन गरेकालाई मात्र प्रवेश दिने व्यवस्था गरेकोले कक्षा ११मा भर्ना हु“दा आफूले उच्च माध्यमिक तह पूरा गरेपछि स्नातक तहमा कुन कुन विषय अध्ययन गर्न पाइनेछ भन्ने बारेमा शिक्षकसित सल्लाह गर्नु बढी राम्रो हुनेछ।
शिक्षाविद प्राडा विद्यानाथ कोइरालाले विद्यालय छनौट गर्दा सो विद्यालयको परफरमेन्सको आधारमा भर्ना हुन आग्रह गर्नुहुन्छ।
प्रभावकारी शिक्षा प्रणाली भएका देशहरुका विद्यालयमा विद्यार्थीलाई उच्च अध्यनको संकाय छनौटमा परामर्श दिन छुट्टै विशेषज्ञ शिक्षकको व्यवस्था हुन्छ। नेपालमै पनि केही राम्रा निजी विद्यालयहरुले विद्यार्थीलाई परामर्श दिने गरका छन्। तर अधिकांस माविहरुले आफ्ना छोराछोरीको चाहना अनुसार भर्ना गरेको पाइन्छ।
क्षणिक रुपमा त्यो ठिक भएपनि कालन्तरमा असर पर्ने भएकोले ठोस परामर्शको आधारमा भर्ना हुनु महत्वपुर्ण हुन्छ। स्नातक तहमा कुनै विषयमा विशिष्टिकरण (स्पेसिलाइजेसन) गर्नुपर्ने हुने भएकाले प्लसटुमा इच्छाधीन विषय छनोट गर्दा बुद्धि पु¥याउनु जरुरी छ। विद्यालयतहमा पहिलो वर्ष अर्थात् कक्षा ११ मा नेपाली र अंग्रेजी अनिवार्य बाहेक इच्छाधीनका रुपमा तीन वटा विषय छनोट गर्न पाइन्छ।
कक्षा ११ र १२ मा ५७ वटा विषयका पाठ्यक्रम लागू गरेको छ।भौतिकशास्त्र, प्राणीशास्त्र,रसायनशास्त्र, होटल व्यवस्थापन, इतिहास, भूगोल, संस्कृति, अर्थशास्त्र, संगीत, कृषि, गृहविज्ञान, आमसञ्चार, ग्रामीण विकास, गणित, वाणिज्य शिक्षा, सहकारी व्यवस्थापन, राजनीति शास्त्र, जनसंख्या शिक्षा, कम्प्युटर शिक्षा, ज्योतिष, साहित्य, पेन्टिङ लगायतका विषयहरु छनोट गर्न सकिन्छ।
भाषाका विषयहरुका रुपमा अंग्रेजी, हिन्दी,मैथली,नेवारी,जर्मन, जापानी, उर्दू, फ्रेन्च र नेपालीको पाठ्यक्रम तयार छ। ती मध्ये जापानी र फ्रेन्चमा भने हालसम्म कुनै शिक्षण संस्थाले पठनपाठन गरेको छैन। कक्षा १२ मा विज्ञान विषय लिएका विद्यार्थीहरु बाहेकका लागि इच्छाधीन चौथो विषयका रुपमा १७ वटा विषय पनि समावेश छ।
तीमध्ये मार्केटिङ, साधारण गणित, साधारणविज्ञान, सामाजिक शिक्षा, ग्रामीण अर्थशास्त्र,खाद्य र पोषण, कलाको इतिहास, प्राथमिक शिक्षा, प्रयोगात्मक शिक्षा, विशेष आवश्यकता शिक्षा,संस्कृत ब्याकरण र रचना लगायतका विषय हरुमध्येबाट एउटा छनोट गर्नुपर्ने हुन्छ।
सबैभन्दा बढी शिक्षाशास्त्र विषयमा अध्यापन गर्ने, दोस्रोमा व्यवस्थापन, तेस्रोमा मानविकी र चौथोमा विज्ञान विषय अध्यापन गर्ने शिक्षण संस्था सञ्चालित छन्। निजी उमाविमा विद्यार्थी संख्याका आधारमा व्यवस्थापन विषय पढ्ने बढी छन् भने सामुदायिक विद्यालयहरुमा शिक्षाशास्त्र विषय पढ्ने विद्यार्थीहरु सबैभन्दा बढी छन्।











प्रतिक्रिया