ग्रीसको क्रेट टापुमा डढेलो : सयौंलाई सुरक्षित स्थानमा सारियो


काठमाडौं ।

ग्रीसको क्रेट टापुस्थित इएरापेत्रा नगरपालिका नजिकको पहाडी वन क्षेत्रमा लागेको डढेलो नियन्त्रण बाहिर गएपछि सयौं स्थानीय र पर्यटकलाई सुरक्षित स्थानतर्फ सारिएको छ। डढेलोले निजी घर, पर्यटकीय आवास र इन्धन स्टेसन लगायत पूर्वाधारहरूलाई जोखिममा पारेको छ।

प्रति घण्टा ६ किलोमिटरभन्दा बढी गतिमा फैलिएको डढेलो नियन्त्रणका लागि सयौं अग्निनियन्त्रक खटिएका छन्। धुवाँ १० किलोमिटर टाढासम्म फैलिएको र थप क्षेत्र प्रभावित हुने सम्भावना भएकाले टापु नजिकका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरिएको छ। साथै, प्रमुख सडक बन्द गरिएको र अनावश्यक यात्रा नगर्न प्रहरीले अनुरोध गरेको छ।