काठमाडौं ।
नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि सानेपाको पार्टी केन्द्रीय कार्यालयमा जारी रहने भएको छ। असार १६ गतेदेखि सुरु भएको बैठकमा क्रियाशील सदस्यता नवीकरण, भ्रातृ संस्थाहरूको म्याद थप, र महाधिवेशन सम्बन्धी विषयमा छलफल भइरहेको छ।
नेताहरूले गुटबन्दीका कारण पार्टी कमजोर भएको र महिला तथा दलित संघको महाधिवेशन हुन नसकेको गुनासो उठाएका छन्। केन्द्रीय सदस्यहरूले मंसिर २०८२ भित्र महाधिवेशन गर्नुपर्ने धारणा राखेका छन् भने सरकारका कामप्रति असन्तुष्टि पनि व्यक्त गरेका छन्। अन्त्यमा सभापति शेरबहादुर देउवाको जवाफपछि बैठक निर्णयसहित सकिनेछ।











प्रतिक्रिया