वीर गोर्खालीको साहसिक गाथामा आधारित फिल्म गोर्खा वारियरका निर्माता तथा अनुग्रह ग्रुपका अध्यक्ष सुमन राईले ६ हजार ४ सय ७६ मिटर अग्लो मेरा पिक हिमालको सफल आरोहण गरेका छन्।
साहसिक र प्रेरणादायी अभियानका साथ हिमालको सफल आरोहण सम्पन्न गरेका राईको अबको लक्ष्य भनेको सगरमाथाको सफल आरोहण रहेको छ। सुमन पूर्वगोर्खा सैनिक रहिसकेका निर्माता तथा निर्देशक मिलन चाम्सद्वारा निर्देशित गोर्खा वारियरका निर्माता हुन्।
उनको फाउण्डेसनले आम्दानीको १० प्रतिशत हिस्सा शिक्षा, स्वास्थ्य, खानेपानी, वृद्ध, बालबालिका तथा ग्रामीण विकासका क्षेत्रमा लगानी गर्दै आएको छ। शून्यदेखि सगरमाथासम्म भन्ने नाराका साथ शुरू गरिएको अभियानअन्तर्गत अबको चरण सगरमाथा आरोहण र वातावरणीय सचेतना फैलाउने अभियानमा केन्द्रित हुने सुमनले बताए।











प्रतिक्रिया