बेष्ट फाइनान्स कम्पनीको २८औँवार्षिक साधारण सम्पन्न


काठमाडौं
बेष्ट फाइनान्स कम्पनी लिमिटेडको २८औंवार्षिक साधारण सभा काठमाडौंमा सम्पन्नभएको छ ।
बुधवार भएको साधारण सभामा संस्थाले आर्थिक वर्ष २०८१÷८२ को वार्षिक प्रतिवेदन तथा उपयुक्त बैंक तथा वित्तीय संस्थासंग गाभ्ने÷गाभिने तथा प्राप्ति गर्नेलगायतका प्रस्ताव पारित गरेको छ ।
साधारण सभाले प्रा. डा. रामजीगौतम, सुशीलाखनाल, रामचन्द्र देवकोटा, खिमलाल पौड्याल, रामलाल श्रेष्ठ र विष्णुप्रसाद ज्ञवालीलाई निर्विरोध सञ्चालक समितिमा निर्वाचित गरेको छ ।
संस्थाले आफ्ना शेयर धनी, ग्राहक, नियामक निकाय तथा सरोकारवालाप्रति आभार व्यक्त गर्दै भविष्यमा अझ प्रभावकारी र नवीनतम् सेवा प्रदान गर्दै जाने लक्ष्य लिएको छ ।