काठमाडौं ।
तातोपानी भन्सार नाकाबाट पहिलो पटक स्थलमार्ग हुँदै हेलिकप्टर आयात गरिएको छ। माउन्टेन हेलिकप्टर्स कम्पनीले चीनको तियाजिनस्थित एयरबस कम्पनीको प्लान्टबाट पर्यटन प्रयोजनका लागि हेलिकप्टर ल्याएको हो।
तातोपानी भन्सार कार्यालयका प्रमुख राजेन्द्रप्रसाद चुडालका अनुसार हेलिकप्टर भन्सारमा आइपुगेको छ भने जाँचपास प्रक्रिया जारी छ। सिल्क ट्रान्स कम्पनीका शाखा प्रमुख अनिरुद्र थापाले भन्सार प्रक्रिया सकिएपछि एक–दुई दिनभित्र हेलिकप्टर काठमाडौँ लैजाने तयारी भइरहेको जानकारी दिए।
हेलिकप्टरको भन्सार मूल्य करिब चार करोडभन्दा बढी हुने अनुमान गरिएको छ।











प्रतिक्रिया