काठमाडौं ।
नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आज पनि सानेपामा जारी छ। बैठकमा पार्टीको संगठन, आगामी महाधिवेशन, राजनीतिक परिस्थिति, बजेट र सरकारको कार्यशैलीबारे छलफल भइरहेको छ।
अधिकांश नेताहरूले सात बुँदे सहमति अनुसार काम नगरेको भन्दै ओली नेतृत्वको सरकारप्रति असन्तुष्टि व्यक्त गरेका छन्।
साथै, पार्टी र भ्रातृ संगठनहरूको महाधिवेशन छिटो गर्नुपर्ने माग पनि उठाइएको छ।











प्रतिक्रिया