काठमाडौं ।
ललितपुर महानगरपालिकाले महानगरबासीको स्वास्थ्य बीमाको ४० प्रतिशत प्रिमियम व्यहोर्ने भएको छ। महानगर र राष्ट्रिय बीमा बोर्डबीच प्रिमियम तिर्ने सम्झौता पत्रमा हस्ताक्षर भएको हो।
नगर प्रहरी, सरसफाईकर्मी, सवारी चालक, एकल महिला र टोल स्वास्थ्य उत्प्रेरकको सम्पूर्ण १०० प्रतिशत प्रिमियम भने महानगरले नै तिर्नेछ।
महानगरले दुई वर्षदेखि पाटन अस्पतालको सहकार्यमा स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्दै आएको छ। प्रमुख चिरीबाबु महर्जनले पाटन अस्पतालसँग मिलेर स्वास्थ्य क्षेत्रमा नवीन कार्यहरू गर्दै आएको बताए।
महानगरका प्रवक्ता राजु महर्जनले प्रिमियम तिर्ने निर्णय गर्ने ललितपुर पहिलो स्थानीय तह भएको दाबी गरे। पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक रवि शाक्यले यो निर्णयलाई जनस्वास्थ्यका लागि महत्वपूर्ण कदम भनेका छन्।











प्रतिक्रिया