‘निर्भाना’ शृङ्खलासहित प्रिमियम अडियो अनुभव, अब बोट आधिकारिक रूपमा नेपाली बजारमा


काठमाडौँ
भारतको नम्बर एक अडियो लगाउने उपकरण (वेयरेबल) ब्रान्ड बोटले अब नेपालमा आफ्नो औपचारिक आगमनको घोषणा गरेको छ । यसलाई ब्रान्डको अन्तर्राष्ट्रिय यात्रामा एक महत्वपूर्ण उपलब्धिका रूपमा लिइएको छ ।


हालसम्म पनि बोटले नेपालमा बलियो उपस्थिति बनाइसकेको थियो । अब यसले अत्यधिक प्रशंसा पाएको ‘निर्भाना’ शृङ्खला सार्वजनिक गर्दै औपचारिक रूपमा नेपाली बजारमा पाइला राखेको छ ।


उच्च प्रविधियुक्त सक्रिय आवाज न्यूनीकरण (एएनसी) सुविधा भएको इयरफोन तथा इयरबड्ससहितको यो प्रिमियम ‘निर्भाना’ शृङ्खला अब देशभरका प्रमुख अनलाइन तथा खुद्रा विक्रेतामार्फत उपलब्ध हुनेछ ।


छोटो अवधिमा नै बोट नेपाली अडियो लगाउने उपकरण बजारको शीर्ष तीन ब्रान्डमध्ये एक बन्न सफल भएको छ । जसले नेपाली उपभोक्तामाझ यसप्रतिको गहिरो विश्वास र लोकप्रियता पुष्टि गर्छ । नेपालमा बोट ब्रान्डको आधिकारिक वितरण टेलिटक प्रा.लि. (रमेश कर्ष समूहअन्तर्गत)ले गर्दै आएको छ ।


नेपालका प्रविधिमैत्री र युवापुस्ताको रोजाइ बनेको बोटले अत्याधुनिक प्रविधि, आकर्षक डिजाइन र पहुँचयोग्य मूल्यको समिश्रण प्रस्तुत गर्दै आएको छ । टेलिटकले पनि दूरसञ्चार र उपभोक्ता इलेक्ट्रोनिक्स क्षेत्रमा आमूल परिवर्तन ल्याउने दिशामा काम गरिरहेको छ ।


बोटका सह–संस्थापक तथा प्रमुख प्रचार–प्रसार अधिकृत अमन गुप्ता भन्नुहुन्छ, “नेपाल हाम्रो लागि सधैं विशेष रहँदै आएको छ । यस जीवन्त र विकासोन्मुख बजारमा औपचारिक उपस्थिति जनाउन पाउँदा हामी अत्यन्त हर्षित छौँ । नेपाली उपभोक्ताबाट प्राप्त सकारात्मक प्रतिक्रियाले हामीलाई उत्साहित बनाएको छ । ‘निर्भाना’ शृङ्खलासँगै हामी उच्चस्तरीय र डिजाइनमुखी अडियो अनुभव प्रदान गर्न प्रतिबद्ध छौं ।”


टेलिटकका कार्यकारी निर्देशक प्रतीक जलान भन्छन्, “यो औपचारिक घोषणासँगै बोटले नेपालमा आफ्नो प्रतिबद्धता दोब्बर बनाउने तयारी गरेको छ। यस अन्तर्गत थप जीवनशैली–मैत्री अडियो र लगाउने उपकरणहरू नेपाली बजारमा प्रस्तुत गरिनेछ।”


भारतमा चमत्कारी रूपमा विस्तार भएको बोट ब्रान्डको लोकप्रियता नेपालमा पनि झल्किएको छ । निरन्तर नवीनता, डिजाइन र समुदायप्रतिको संलग्नता यस ब्रान्डको विस्तारको मुख्य आधार बनेका छन्।


बोट ब्रान्ड अन्तर्गत उत्पादन गरिने सामग्रीहरू भारतमा दर्ता इम्याजिन मार्केटिङ लिमिटेड (आईएमएल) मार्फत वितरण गरिन्छ, जसले अडियो, लगाउने उपकरण (वेयरेबल्स) तथा चार्जिङ समाधानहरू प्रदान गर्दछ ।


आईएमएलअन्तर्गतको बोटले अडियो उद्योगमा क्रान्ति ल्याउँदै सन् २०२४ को क्यालेन्डर वर्षमा मूल्य र बिक्री दुवै आधारमा भारतको नम्बर एक अडियो ब्रान्डको स्थान हासिल गरेको छ (स्रोत ः रेडसियर प्रतिवेदन) ।


बोटको उत्पादनहरू जीवनशैली–अनुकूल, प्रविधि–सक्षम र आकर्षक डिजाइनयुक्त छन्, जुन विशेष गरी युवा तथा डिजिटल प्रविधिमा सजग उपभोक्तालाई लक्षित छन् । क्वालकम प्रविधियुक्त र डल्बी अडियो विशेषतायुक्त सामग्रीहरूले यसको अनुभवलाई अझ प्रगतिशील बनाएका छन् ।


कम्पनीमा साउथ लेक इन्भेस्टमेन्ट लिमिटेड (वारबर्ग पिन्कस समूह), क्वालकम भेन्चर्स एलएलसी र फायरसाइड भेन्चर्स इन्भेस्टमेन्ट फन्ड–१ जस्ता प्रतिष्ठित लगानीकर्ताको सहभागिता रहेको छ। हाल कम्पनीका प्रमुख कार्यालयहरू दिल्ली, मुम्बई र बेंगलुरुमा अवस्थित छन् ।