मुगु।
मुगु जिल्लाको सोरु गाउँपालिकाको कार्यालय मुगुको कार्यालयदेखि वरिष्ठ लेखा अधिकृत फरार भएका छन् ।
सोरु गाउँपालिकाको खाता सञ्चालनमा आएको ६ दिन नपुग्दै सोरु गाउँपालिका वरिष्ठ लेखा अधिकृत कुमार प्रसाद उपाध्याय गाउँपालिकाबाट फरार भएको प्रेस विज्ञप्ति मार्फत सोरु गाउँपालिकाका अध्यक्ष धर्म बहादुर शाहीले उपाध्याय फरार भएको प्रस्तुत गरेका छन् ।
प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ लेखा अधिकृत पदमा कार्यरत कर्मचारीले आ.व. २०८१।०८२ को अषाढ मसान्तको समयमा गाउँपालिकाको सम्पूर्ण कामकाज र जनताका भुक्तानिहरूको काम नगरि गैरजिम्मेवार तवरले जिल्ला सदरमुकाम गमगढी उपचार गर्न जान्छु भनी जिल्लाबाटै कर्तव्यविमुख र गैरजिम्मेवार भई भाग्नु भएको म र हाम्रो गाउँपालिकालाई जानकारी भयो भनीएको छ ।
यस सन्दर्भमा आ.व. २०८१।०८२ को आषाढ १४ गते गाउँपालिकावाट गैरजिम्मेवार तवरले औपचारिक अनुमति विना जिल्लावाट भाग्ने तपाईँ जस्तो कर्मचारीले आजको पत्र प्राप्त भएको मितिले ३ दिनभित्र गाउँपालिकामा फिर्ता भई कामकाजमा नियमित हुन जानकारी गराईन्छ। अन्यथा गाउँ कार्यपालिकाको निर्णयवाट स्थानीय तहको सेवावाटै निलम्वन समेत गर्न वाध्य हुने पनि जानकारी गरिएको छ ।
असार मसान्त आउँदै गरेको समयमा सोरु गाउँपालिकाको वरिष्ठ लेखा अधिकृत गाउँपालिकाबाट फरार हुनुमा सिङ्गो गाउँपालिकाका कर्मचारी र जनप्रतिनिधिमाथि स्वार्थ बाजीएको प्रश्न धेरै स्थानीयहरूले उठाइरहेका छन् ।कर्मचारी संरक्षण मञ्चले कर्णाली प्रदेश सुर्खेतले बिरामी भयको अवस्थामा उपचार गर्न पाउने संबिधानत मौलिक भयकोले सोरु गाउँपालिकाका लेखा अधिकृत कुमार प्रसाद उपाध्याय उपचार पछि कार्यालयमा फर्किने अनावश्यक टीका टिप्पणी नगर्न समेत सोरु गाउँपालिकाको विज्ञप्ति प्रति लक्षित गरी कर्मचारी संरक्षण मञ्चले लेखा अधिकृतको बचाउ गर्दै विज्ञप्ति निकालेको हो।
प्रतिक्रिया