माइलेज च्याम्पियन सम्पन्न, चन्देश्वर सिंह विजयी


काठमाण्डाँै
रामजानकी अटो बर्दिबासले बिर्ता फुटबल मैदान, गौशालामा ‘माइलिज च्याम्पियर्न’कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ । मोटरसाइकलको माइलेज प्रतिस्पर्धामा कुल ६५ सहभागीहरूले आ–आफ्नो दक्षता प्रस्तुत गरेका थिए ।
यस प्रतिस्पर्धामा चन्देश्वर सिंहले ८९ किलोमिटरको उत्कृष्ट माइलेज हासिल गरी ‘विजेता’ बन्न सफल भए । त्यस्तै, शत्रुधन महतो ८३ किलोमिटर माइलजेसहित ‘पहिलो उपविजेता’ बने भने ८० किलोमिटर माइलेजसहित ‘दोस्रो उपविजेता’को उपाधि गोपाल महतोले प्राप्त गर्नुभएको छ ।
कार्यक्रमले मोटरसाइकल प्रयोगकर्ताहरूमा इन्धनको उचित उपयोग र माइलेज वृद्धि गर्ने प्रविधि र सीपप्रति रुचि बढाएको आयोजकले जनाएका छन् । उक्त कार्यक्रममा सहभागीहरूलाई स—धन्यवाद प्रमाणपत्र÷सम्मानपत्र पनि प्रदान गरिएको थियो ।

माइलेज च्याम्पियन सफल रुपमा सम्पन्न भएको जानकारी गराउँदै प्लाटिना मोटरसाइकलको किफायति बारेमा आम जनमानसमा जानकारी हुने कम्पनीको बिश्वास रहेको छ । रामजानकी अटो बर्दिबासले आगामी दिनमा पनि यस्ता प्रेरणादायक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।