तिन वर्षपछि श्रीमती हत्यामा श्रीमान् पक्राउ


काठमाडौं ।

रौतहटको इशनाथ नगरपालिका–४ का फैयाद मिया मन्सुरी श्रीमती हत्या अभियोगमा तीन वर्षपछि पक्राउ परेका छन्। उनले २०७८ माघ २६ मा आफ्नी २० वर्षीया श्रीमती चाँदनी खातुनको घाँटीमा सल बेरेर हत्या गरेको आरोप छ।

हत्या आरोप लागेपछि फरार रहेका मन्सुरीलाई जिल्ला प्रहरी कार्यालय रौतहटले पक्राउ गरेको हो। उनीविरुद्ध कर्तव्य ज्यानअन्तर्गत म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।