कैलालीको मोहना नदीमा बाढीको जोखिम, सतर्क रहन आग्रह


धनगढी ।

कैलालीस्थित मोहना नदीमा बाढीको सतह सतर्कता तह नाघेसँगै जल तथा मौसम विज्ञान विभागले नदी किनारका बासिन्दालाई आज बेलुकासम्म सतर्क रहन आग्रह गरेको छ।

मोहना नदीको जलमापन केन्द्रमा आज बिहान साढे ७ बजेसम्म बाढीको सतह ३.०६ मिटर पुगेको छ। सतर्कता तह ३ मिटर र खतरा तह ३.६० मिटर मानिन्छ। बाढी बढ्दो क्रममा रहेकाले विभागले जोखिम क्षेत्रका बासिन्दालाई एसएमएसमार्फत सतर्कता अपनाउन अनुरोध गरेको हो।