उन्नान्चास जनाको निशुल्क आँखाको शल्यक्रिया

2.26k
Shares

उदयपुर ।

जननेता मदन भण्डारीको ७४ औ जन्म जयन्तीका अवसरमा मदन भ०डारी आँखा अस्पताल उदयपुरले ४९ जना आँखाका विरामीको मोतिविन्दुको निशुल्क शल्यक्रिया गरेको छ ।अस्पतालले विभिन्न अवसरमा जिल्लाभित्र र बाहिरका आँखाका विरामीहरुको निशुल्क रुपमा जाँचका साथै आवश्यकतानुसार शल्यक्रिया समेत गर्दै आएको छ ।

मदन भण्डारी फाउण्डेसनको सहयोग र नेपाल नेत्र ज्योति ंसंघ मदन भण्डारी आँखा अस्पताल उदयपुरको समन्वयमा र सगरमाथा चौधरी आँखा अस्पताल लाहानको प्राविधिक सहयोगमा ४९ जनाको आँखाको निःशुल्क शल्यक्रिया गरिएकोमदन भण्डारी आँखा अस्पताल उदयपुरका अध्यक्ष भागवत राउतले बताए ।

यो कार्यक्रमले विपन्न तथा गरिब परिवारका बिरामीहरुलाई ठूलो राहत भएको र जिल्ला बाहिर गएर ठूलो धनराशी खर्च गरेर उपचार गराउन नपरेको र अनावश्यक खर्च हुनबाट जोगिएको अस्पतालका अध्यक्ष राउते बताए ।