काठमाडौं ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आइतबार र सोमबार पश्चिम नेपालका १२ जिल्ला अत्यधिक वर्षाका कारण उच्च जोखिममा रहेको जनाएको छ। जल तथा मौसम विज्ञान विभागले अति भारी वर्षाको सम्भावना रहेको विशेष बुलेटिन जारी गरेको छ।
बैतडी, डडेल्धुरा, डोटी, अछाम, कैलाली, कञ्चनपुर, सुर्खेत, दैलेख, सल्यान, बाँके, बर्दिया र दाङमा बढी जोखिम रहेको छ।
कर्णाली, महाकाली र नारायणी नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा आकस्मिक बाढीको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ। तीन दिनसम्म प्रमुख नदीहरूमा बहाव उल्लेख्य रूपमा बढ्ने पूर्वानुमान गरिएको छ।











प्रतिक्रिया