मदन जयन्तीमा सात हरित अभियन्ता सम्मानित

658
Shares

 उदयपुर ।

 जननेता मदन भण्डारिको ७४ औँ  जन्म जयन्तीका अवसरमा उदयपुरमा शनिबार एक कार्यक्रममा सात जना हरित अभियन्ताहरू सम्मानित भएका छन् । 

मदन भण्डारी फाउन्डेसन उदयपुरको आयोजना र नेकपा एमाले उदयपुरको समन्वयमा भएको सो कार्यक्रममा सात जना नर्सरी सञ्चालक तथा हरित अभियानका अगुवाहरुलाई प्रमाणपत्रसहित समान गरिएको हो ।

यसरी सम्मानित हुनेहरुमा त्रियुगा नगरपालिका ३ का सरस्वती नर्सरी सञ्चालक भिखनाथ मोची,त्रिनपा १० का लक्ष्मी नर्सरी सञ्चालक किरण पुलामी मगर रहेका छन् । यसै गरी त्रिनपा ११ का अकुवा एण्ड गार्डेन नर्सरी सञ्चालक जीवन भुजेल,त्रिनपा ५ श्रीपुरका अजम्बरी कृषि नर्सरी सुष्मा राई, बिनपा ११ का ध्रुव नर्सरी सञ्चालक पदम बहादुर कार्की रहेका छन् । सम्मानित हुने अन्यमा त्रिनपा १२ का ओखलढुंगे नर्सरी सञ्चालक ध्रुव कुमार राई र त्रिनपा ३ का उत्तम हाइटेक नर्सरी सञ्चालक कुन्दन ढुंगाना रहेका छन् ।

मदन भण्डारी फाउन्डेसन उदयपुरका अध्यक्ष विकास बन्जाराको अध्यक्षतामा भएको सो कार्यक्रममा नेकपा एमालेका उदयपुर जिल्ला कमिटी अध्यक्ष भागवत राउतले जलवायु परिवर्तन र वातावरणीय अवस्था प्रदूषित भइरहेको समयमा पृथ्वीको पर्यावरणीय अवस्थामा समेत असर परेको बताए । उनले हरिया रुख विरुवाहरु सुकेर मर्ने अनि सुख्खा मौसमले हामी सबैमा असर पर्ने भएकोले पृथ्वीलाई पुनः हराभरा बनाउनु आवश्यक भएकोले त्यसकालागि हरित अभियन्ताहरुले समाजमा महत्त्वपूर्ण योगदान गरेकोले हरित अभियन्ताहरुलाई सम्मान गरिएको बताए ।