काठमाडौं ।
सभामुख देवराज घिमिरेले सार्वजनिक वित्तीय व्यवस्थापनमा समस्या देखिएको भन्दै सबै तीन तहका कर्मचारीहरू जिम्मेवार हुनुपर्ने बताएका छन्। महालेखा परीक्षक कार्यालयको ६७औँ वार्षिकोत्सव समारोहमा बोल्दै उनले अद्यावधिक बेरुजु ७ अर्ब ३३ करोड पुगेको उल्लेख गर्दै समयमै टुंगो लगाउनुपर्नेमा जोड दिए।
उनले स्थानीय तहमा वित्तीय अनुशासन कायम गर्न कार्यसम्पादनमा सन्तुलन आवश्यक रहेको बताए। साथै, स्थानीय तहका लागि आर्थिक कार्यविधिसम्बन्धी कानुनको खाँचो रहेको उल्लेख गर्दै सार्वजनिक संस्थानहरूका सञ्चालन नतिजाको गहिरो विश्लेषण गरी प्रतिवेदन दिनुपर्ने धारणा राखे।
सरकारी लगानीयुक्त संस्थानको बढ्दो सञ्चालन खर्चप्रति चिन्ता व्यक्त गर्दै सभामुख घिमिरेले सरकारको भूमिका अझ प्रभावकारी हुनुपर्ने बताए।











प्रतिक्रिया