डां कोइरालाले महाधिवेशन मंसिरभित्रै गर्नुपर्छ, एकताका साथ अगाडि बढ्ने प्रतिबद्धता


चितवन ।

नेपाली कांग्रेसका नेता डां शेखर कोइरालाले पार्टीको महाधिवेशन २०८३ सालको मंसिरभित्रै सम्पन्न गर्नुपर्ने बताएका छन् । पत्रकारहरूसँग कुराकानी गर्दै उनले पदाधिकारीहरूमा महाधिवेशनप्रति आवश्यक तदारुकता नदेखिएको जनाउँदै कार्यकर्तामा मिति सारिने चिन्ता रहेको बताए ।

महामन्त्री गगन थापा र आफू एकै ठाउँमा रहेको उल्लेख गर्दै कोइरालाले पार्टी सभापतिसहित सबैलाई एकताबद्ध गराएर अघि बढ्न सक्ने क्षमताका साथ तयार रहेको बताए ।

संसद्‌को गतिरोध अन्त्यका लागि सरकार र विपक्षी दलबीच संवाद आवश्यक रहेको उनले बताए । साथै, उनले रास्वपा र राप्रपाले गृहमन्त्रीको राजीनामा होइन, पूर्वप्रधानन्यायाधीशको नेतृत्वमा छानबिन समिति गठनको चाहना राखेको बुझाइ व्यक्त गरेका थिए ।