काठमाडौं ।
राष्ट्रिय धान दिवस–२०८२ का अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले सन्देश जारी गर्दै धान उत्पादन वृद्धि, आधुनिकीकरण र खाद्य सुरक्षाका लागि देशभित्रै श्रमशक्ति परिचालन गर्नुपर्नेमा जोड दिएका छन्।
उनले बढ्दो चामल आयातप्रति चिन्ता व्यक्त गर्दै बाँझो जमिनमा खेती गर्ने संस्कृति विकास गर्नुपर्ने बताए। धानखेतीलाई व्यवसायिक बनाउन र किसानको मनोबल बढाउन सरकारले सुविधा विस्तारमा ध्यान दिनुपर्ने पनि उनले उल्लेख गरे।
साथै, जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न सरकार, किसान तथा सरोकारवाला सबैलाई सचेत रहन आग्रह गर्दै, धानबालीको विविधिकरण तथा उत्पादकत्व वृद्धि आजको आवश्यकता भएको बताए।











प्रतिक्रिया