मेलम्चीमा बस दुर्घटना, चालकसहित ८ जना घाइते


काठमाडौँ।

सिन्धुपाल्चोकको मेलम्चीमा बस दुर्घटना हुँदा चालकसहित ८ जना घाइते भएका छन् ।​ भोताङबाट काठमाडौं जाँदै गरेको बागमती प्रदेश–३–०१–००५ख ९९७६ नम्बरको बस शनिबार दिउँसो करिब १ बजे मेलम्चीमा दुर्घटनामा परेको हो।

मेलम्ची नगरपालिका– १० रामपुरबेसी, मेलम्ची बजारपारि भएको दुर्घटनामा बसमा सवार ८ जना घाइते भएका छन् ।

२ जनाको अवस्था मध्यम र ६ जना सामान्य घाइते भएका इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ ।