एसईई नतिजा: नवलपरासी पूर्वमा छात्राहरू अगाडि

19.08k
Shares

नवलपरासी। 

नवलपरासी पूर्वबाट एसईई  २०८१ मा जिपिए फोर ल्याउने ९ जना मध्ये ८ छात्रा र १ छात्र रहेका छन् ।

जिपिए फोर ल्याउने छात्राहरूमा नवजागरण मावि मध्यविन्दुकि अनुष्का बस्याल,ब्लुस्टार इङ्लिस स्कुल  विनयी त्रिवेणीकी वृन्दा गुप्ता हुन् ।

यसरी नै सरस्वती संस्कृत तथा साधारण मावि हुप्सेकाेट कि जस्मिन कंडेल,जनता मावि गैडाकाेटकि अंकिता अधिकारीले जिपिए फोर ल्याएकी छन् ।

यस्तै देवचुली स्थित विश्वज्याेति इङ्लिलिस वाेर्डिङ्ग स्कुलकी  लक्ष्मी श्रेष्ठ र सुनिता केसी,जनज्योति नमुना  माविकी अन्जु श्रेष्ठ र मुनलाईट आदर्श पव्लिक एकेडमीकि राेशा नेपाली जिपिए फोर ल्याउने विद्यार्थी रहेकी छन् ।

जिपिए फोर ल्याउने जिल्लाका एक मात्र छात्र ज्ञानाेदय मावि कापासाेतीका आयुष ढकाल रहेकाे शिक्षा विकास तथा समन्वय इकाई कार्यालय नवलपरासी पूर्वले जनाएकाे छ ।

गत वर्षकाे एसईईमा जिल्लाभरीबाट नवजागरण मावि चाेरमाराका २ छात्रले मात्र जिपिए फोर ल्याउन सफल भएका थिए । 

यस वर्ष पूर्वी नवलपरासीबाट राष्ट्रिय परीक्षा बोर्डले लिएको एसईईमा कुल ५ हजार ७ सय ७० जना परीक्षार्थीको सहभागिता थियो ।

जसमा जिपिए ३.६ माथि ल्याउने ६ सय ८६ जिपिए ३.२ माथिका १ हजार २ सय ५४ जिपिए २.८ माथि १ हजार ४ सय २५ जिपिए २.४ माथि ६ सय ६३ र जिपिए २.० माथि ल्याउने २८ जना रहेका छन् ।

जिल्लाका ८७ सामुदायिक ४९ संस्थागत ५ विद्यापीठ र खुल्ला १ विद्यालयका गरी ७० दशमलव ५४ प्रतिशत विद्यार्थीले एसइई उत्तीर्ण गरेको इकाई प्रमुख दीपेन्द्र श्रेष्ठले बताए ।

जिल्लाका ८ पालिका मध्ये देवचुली नगरपालिकामा ८८.३३ र मध्यविन्दु नगरपालिकामा ५४.६६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।

गाउँपालिका तर्फ विनयी त्रिवेणीमा ५१.३९ हुप्सेकाेटमा ६२.२४ तथा पहाडी बुलिङ्गटारमा ५१.०४ र बाैदिकालीमा ८७.६९ परीक्षार्थी उत्तीर्ण रहेका छन् ।