मोरङमा ५ वर्षीया बालिकाको शव फेला, हत्या आशंका


काठमाडौं ।

मोरङको धनपालथान गाउँपालिका–६ बबियामा ५ वर्षीया आत्तिका सरदारको शव शनिबार बिहान फेला परेको छ। प्रहरीका अनुसार बालिकाको अनुहार र शरीरका विभिन्न भागमा चोट देखिएको छ। प्रारम्भिक अनुमान अनुसार बलात्कारपछि हत्या भएको हुन सक्ने आशंका छ।

बालिका राति ३ बजे बेपत्ता भएकी थिइन् भने शव बिहान दुर्गा आधारभूत विद्यालयनजिकै खेतमा भेटिएको थियो। प्रहरीले एकजनालाई नियन्त्रणमा लिई अनुसन्धान अघि बढाएको छ।

यद्यपि बलात्कार भएको पुष्टि पोष्टमार्टम रिपोर्टपछि मात्रै हुने मोरङ प्रहरी प्रमुख नारायण चिमरियाले बताए। शव पोष्टमार्टमका लागि कोशी अस्पताल लगिएको छ।