काठमाडौं ।
देशभर मनसुनी प्रणाली सक्रिय भएसँगै बाढी र पहिरोको त्रास बढेको छ। ललितपुरको गोदावरी नगरपालिका–६ का ढुङ्गे, जुरे डाँडा, गैरीगाउँ र टुसाल गाउँका बासिन्दा अझै पनि गत वर्ष असोजको विनाशकारी बाढीको त्रासमा बाँचिरहेका छन्। नल्लु खोलामा आएको बाढीले ढुङ्गेगाउँलाई बगर बनाएको थियो भने गैरीगाउँ र टुसालका केही घर बगाएको थियो।
स्थानीय सरकार तथा संघीय निकायले कुनै राहत नपुर्याएको पीडितको गुनासो छ। केही गैरसरकारी संघ–संस्थाले खाद्यान्न र जस्ता वितरण गरे पनि स्थायी पुनःस्थापनाको पहल भएको छैन। पीडित नीता नगरकोटीले अस्थायी टहरोमा बस्दै आएको बताउँछिन्।
स्थानीय अनुसार, अवैध उत्खनन, क्रसर उद्योग र अध्ययनबिनाका सडक निर्माणले नल्लु खोलामा बाढी निम्तिएको हो। मनसुन फेरि सक्रिय भइरहँदा यस्ता जोखिममा रहेका बस्तीहरु थप संकटमा परेका छन्।











प्रतिक्रिया