मदन भण्डारीको ७४औँ जन्मजयन्ती विविध कार्यक्रमसहित मनाइँदै


काठमाडौं ।

नेकपा एमालेका दिवंगत नेता मदन भण्डारीको ७४औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ। मदन भण्डारी फाउण्डेशनले राष्ट्रिय सभागृह, भृकुटीमण्डपमा दिउँसो १ बजे विशेष कार्यक्रमको आयोजना गरेको छ।

कार्यक्रममा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सम्बोधन गर्ने छन्।

२००९ साल असार १४ गते ताप्लेजुङको ढुङ्गेसाँघुमा जन्मिएका भण्डारीको २०५० जेठ ३ गते दासढुङ्गा दुर्घटनामा निधन भएको थियो। उक्त दुर्घटनामा एमाले संगठन विभाग प्रमुख जीवराज आश्रितको पनि निधन भएको थियो।