काठमाडौं ।
संघीय संसद अन्तर्गतको प्रतिनिधिसभा बैठक आज बिहान ११ बजे नयाँ बानेश्वरस्थित संसद भवनमा बस्दैछ। बैठकमा आर्थिक विधेयक, २०८२ र राष्ट्र ऋण उठाउने विधेयक, २०८२ पारित गर्ने सम्भावित कार्यसूची रहेको छ।
साथै, नेपाल नागरिकता ९दोस्रो संशोधन० विधेयक, २०८२ पनि पारित गर्ने तयारी छ। उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेटसम्बन्धी विधेयक प्रस्तुत गर्ने छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले हालै सम्पन्न स्पेन भ्रमणबारे संसदलाई जानकारी गराउने कार्यक्रम पनि रहेको छ।











प्रतिक्रिया