धनुषा । धनुषाको बटेश्वर गाउँपालिका–१, चित्रपुरमा असार १४ र १५ गते ‘चित्रपुर आँप मेला महोत्सव–२०८२’ आयोजना हुने भएको छ। चित्रपुर म्याङ्गो एग्रो टुरिजम बोर्डको आयोजना तथा स्थानीय आँप प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव गर्न लागिएको हो।
महोत्सवमा ४० भन्दा बढी जातका आँप र आँपबाट बनेका परिकारहरू प्रदर्शनीमा राखिनेछन्। आगन्तुकलाई निःशुल्क आँप चाख्न दिने, बगैँचामा घुमाउने तथा रुखबाट आँप टिप्ने अनुभव दिलाउने कार्यक्रम पनि समावेश छ।
चित्रपुर क्षेत्रका ३०० बिघाभन्दा बढी जमिनमा फैलिएको आँप बगैँचाबाट उत्पादन हुँदै आएको छ। मधेस प्रदेशले देशको कुल आँप उत्पादनको ७७।१ प्रतिशत योगदान पुर्याउँदै आएको प्रवक्ता सरोज चौधरीले जानकारी दिए।











प्रतिक्रिया