देशभर मनसुनी प्रभाव, पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना


काठमाडौं ।

हाल देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि साधारण बदली छ भने अन्य भागहरूमा आंशिक बदलीसहित मुख्यतया मौसम सफा रहेको छ।

आज दिउँसो र राति कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षा हुने सम्भावना छ।

साथै, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकरदुई स्थानमा भारी देखि धेरै भारी वर्षा र उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का देखि मध्यम वर्षा तथा हिमपातको सम्भावना पनि रहेको छ।