नुवाकोटमा बाढीले महिला बेपत्ता, डोल्पामा पहिरोले १५ घर क्षति


काठमाडौं ।

नुवाकोटको ककनी गाउँपालिका–१ स्थित बिमचना खोलामा आएको बाढीले ३२ वर्षीया कमला बलामीलाई बगाएको छ। सशस्त्र प्रहरीको टोली खोजी कार्यमा खटिएको छ। बाढीका कारण तीन वटा गोठ बग्दा घाइते भएका अशोक बलामीलाई उपचारका लागि काठमाडौं पठाइएको छ।

उक्त उद्धारका लागि ६५ जना सुरक्षाकर्मी परिचालन गरिएको छ। यसैगरी, डोल्पाको काईके गाउँपालिका–४ रिवामा पहिरो जाँदा १५ घर पूर्ण रूपमा क्षति भएको छ। घटनास्थलमा सशस्त्र प्रहरी बलको टोली उद्धार कार्यमा खटिएको छ। पहिरोमा परी घाइते भएका तीन जनाको अवस्था सामान्य रहेको छ।