स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेल र माल्दिभ्सका स्वास्थ्य राज्यमन्त्री अहमद गसिमबिच बैंककस्थित संयुक्त राष्ट्रसङ्घीय सम्मेलन केन्द्रमा भएको भेटवार्ता
काठमाडौं ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेल र माल्दिभ्सका स्वास्थ्य राज्यमन्त्री अहमद गसिमबीबीच बैंककस्थित संयुक्त राष्ट्रसङ्घीय सम्मेलन केन्द्रमा भेटवार्ता भएको छ। सो भेटमा माल्दिभ्सबाट प्राप्त सम्झौता मस्यौदा अन्तिम चरणमा पुगेको र चाँडै सम्झौता गर्ने तयारी भइरहेको जानकारी आदानप्रदान गरिएको छ।
मन्त्री पौडेलले नेपालमा एमडी, एमएस र एमबीबीएस तहमा माल्दिभ्सका विद्यार्थीहरूलाई अध्ययन गर्ने छुट्टै कोटा राखेर नेपाली विद्यार्थीलाई असर नपर्ने व्यवस्था गरिने बताउनुभयो। साथै, माल्दिभ्समा काम गर्ने नेपालीले रकम पठाउन समस्या भोग्नु परिरहेकोले त्यसलाई समाधान गर्न दुई देशबीच कुराकानी भइरहेको छ।
नेपालले माल्दिभ्सका मेडिकल विद्यार्थी आकर्षित गर्न आवश्यक नीतिगत परिमार्जनको तयारी गरिरहेको छ। मन्त्री पौडेलले यस विषयमा कार्यदल गठन गरी गृहकार्य थालेको र मस्यौदामा आवश्यक सुधार गरेर चाँडै सम्झौता गर्ने तयारी भइरहेको सचिवालयले जनाएको छ।











प्रतिक्रिया