लम्कीचुहामा वृद्ध पुरुष शंकास्पद अवस्थामा मृत फेला


काठमाडौं ।

कैलालीको लम्कीचुहा नगरपालिका–१ मा स्थानीय ८० वर्षीय नयाँराम जैशी शंकास्पद अवस्थामा मृत फेला परेका छन्। बुधबार साँझ भान्जा नाता पर्ने बर्मा भण्डारीको घरको आँगनमा मृत अवस्थामा भेटिएका जैशीको शरीरमा स्पष्ट चोटपटक नभेटिए पनि घटना शंकास्पद भएको भन्दै प्रहरीले अनुसन्धान थालेको छ।

प्रहरीका अनुसार मामा–भान्जाबीच आर्थिक लेनदेनको विषय रहेकोले भण्डारीलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको छ। मृतकको पोष्टमार्टम तयारी भइरहेको छ भने घटनाबारे थप अनुसन्धान जारी छ।