काठमाडौं ।
भारतबाट लागूऔषध लिएर नेपाल प्रवेश गर्ने क्रममा मकवानपुरको हेटौंडा–१५ स्थित रातोमाटे चेकप्वाइन्टमा ३ जना भारतीय नागरिक पक्राउ परेका छन्।
बुधबार बिहान करिब ६ बजे भारतको मोतीहारीबाट काठमाडौंतर्फ जाँदै गरेको बीआर ०१ एडब्ल्यू १४०४ नम्बरको कार चेकजाँच गर्दा ट्रामाडोल २५,४५५ क्याप्सुल र ओनेरेक्स १२० बोतल फेला परेको हो।
पक्राउ पर्नेमा मोतीहारीका उपेन्द्र यादव (२६), संजित कुमार यादव (२२) र सिकिन्दर महतो (३५) छन्। उनीहरूले कारको सिटमुनि र डिक्कीमा फल्स बटम बनाई लागूऔषध लुकाएका थिए।
प्रहरीले लागूऔषधसहित कार पनि नियन्त्रणमा लिई अनुसन्धान अघि बढाएको जनाएको छ। सीमावर्ती क्षेत्रमा लागूऔषध ओसारपसार रोक्न चेकजाँच कडा पारिएको प्रहरीले बताएको छ।











प्रतिक्रिया