काठमाडौं ।
यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा एक साताभित्र सार्वजनिक गर्ने तयारी भइरहेको छ। राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गतको परीक्षा नियन्त्रण कार्यालय, सानोठीमीले उत्तरपुस्तिका परीक्षण र प्राप्ताङ्क इन्ट्रीको काम अन्तिम चरणमा पुगेको जनाएको छ।
असार ६ गतेभित्र नतिजा सार्वजनिक गर्ने योजना रहेपनि शिक्षकहरूको काठमाडौंमा भएको आन्दोलनका कारण केही ढिलाइ भएको हो। २०८१ साल चैत ७ गतेदेखि १९ गतेसम्म सञ्चालन भएको परीक्षामा करिब ५ लाख १० हजार विद्यार्थी सहभागी भएका थिए।











प्रतिक्रिया