हेटौंडा ।
प्रहरीले हेटौंडा–१५, रातोमाटे चेकप्वाइन्टस्थित पूर्वपश्चिम सडकखण्डमा सवारी चेक गर्ने क्रममा लागुऔषधसहित तीन भारतीयलाई पक्राउ गरेको छ ।
भारतको मोतिहारीबाट काठमाडौंतर्फ जान आउँदै गरेको बीआर–०१ १४०४ नम्बर भारतीय कार रोकी कारचालक भारत विहार राज्य मोतिहारी जिल्ला पञ्चमिडिया बस्ने वर्ष २६ का उपेन्द्र यादव, सोही कारमा सवार वर्ष २२ का सञ्जितकुमार यादव र वर्ष ३५ का सिकिन्दर महतोको शरीर तथा कार खानतलासी गर्ने क्रममा बुधबार विहान करिब ६ बजे लागुऔषध भेटिएको हो ।
कारको सिटमुनि र पछाडि डिकीभित्र फल्सबटम बनाइ लुकाइल्याइएको अवस्थामा लागुऔषध ट्रमाडोल २५ हजार ४ सय ५५ क्याप्सुल र अनरेक्स–१०० को १ सय २० बोतल फेला परेको थियो । उक्त लागुऔषध तथा सवारीसाधन बरामद गरी उनीहरुलाई नियन्त्रणमा लिएर लागुऔषध कसुर मुद्धामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।











प्रतिक्रिया